साहित्यकार राजन मुकारुङको शब्दमा ‘अधेरी रातको सपनी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं : गायिका पवित्र राइको स्वरमा रहेको गीत ‘अधेरी रातको सपनी’ सार्वजनिक भएको छ । नेपाली साहित्यकार/आख्यानकार राजन मुकारुङको शब्द तथा गायिका पवित्रकै संगित रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

नेपालीहरुको महान चास वडा दशैको अवसर पारेर धेरै संगीतकर्मीले दशै विशेष गितहरु सार्वजनिक गरिरहेको अवस्थामा दशैकै अवसर पारेर पबित्रले भने पृथक गित सार्वजनिक गरेकी हुन । नेपाली साहित्यकार, आख्यानकार राजन मुकारुङको कविता कृति हाटाजाने अघिल्लो रातमा समावेस गीतलाई पवित्रले संगीत भरेर गाउदा गीत जीवन्त बनेको छ ।

गीतको भिडियोमा रङ्गमन्चमा आफुलाई स्थापित बनाइ सकेकी कलाकार निशा पाख्रिनको बेजोड अभिनय रहेको छ । पाख्रिनलाई भिडोयोमा एउटि गर्भवती महिलाको रुपमा देख्न सकिन्छ । भिडियोमा पाख्रिन संगै रोनिस राउत र सिराङ मुकारुङको पनि अभिनय रहेको छ ।

भिडियोलाई पवित्र आँफैले निर्देशन गरेकी हुन । भिडियोमा योगेस दाहालको छायान्कन तथा सम्पादन रहेको छ । भिडियो पबित्र राईको अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो । सार्वजनिक भए संगै भिडियोको चौतर्फी तारिफ आउन थालेपछी आफुहरुलाई निकै हौसला मिलेको पवित्रले जानकारी दिइन ।