आइसोलेशनबाट हास्य कलाकार हरिवंशको यस्ते अपिल, बिलगेट्सको नोटमा नेपाली महिला कसरी परिन् ? हेर्नुहोस असोज २९ गतेका मुख्य समाचारहरु

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य कोभिड-१९ पोजिटिभ देखिएपछि ११ दिनदेखि होम आइसोलेसनमा छन् । पत्नी रमिलामा पनि संक्रमण देखिएको छ ।

दुवैमा सामान्य लक्षणहरु देखिएपछि हरिवंश दम्पत्तीले गत १९ असोजमा पीसीआर परीक्षण गराएका थिए । दुवैजनाको पोजेटिभ रिपोर्ट आयो । त्यसपछि उनीहरु आफ्नै निवासमा ‘आइसोलेट’ भएर स्वास्थ्यलाभ गरिरहेका छन् । अहिले दुबैको स्वास्थ्य राम्रो रहेको हरिवंशले जानकारी दिए । उनले सबै नेपालीलाई यसपालिको दसैं सकभर आफ्नै परिवारभित्र सीमित राख्न सुझाव दिएका छन् । उनले दसैंमा आफ्नो घरमा टीका लगाउन नआइदिन आग्रह समेत गरे ।

यसैबीच अर्बपति बिल गेट्सको ब्लग गेट्स नोटले कोरोना भाइरस (कोभिड-१९) मा चर्चामा नआएका ‘सेभेन हिरोज’मा एक नेपाली पनि परेकी छिन् । गेट्सको उक्त ब्लगमा महामारीको समयमा अविश्वसनीयरुपमा काम गर्ने ७ व्यक्तिको वर्णन गरिएको छ । गेट्सको यो सूचीमा मेरी स्टोप्स नेपालकी सामाजिक स्वास्थ्य कार्यकर्ता लक्ष्मी रायमाझी पनि परेकी हुन् । हेर्नुहोस असोज २९ गतेका मुख्य समाचारहरु :