सर्ट मुभी एक लभरको फस्टलुक सार्वजनिक

सर्ट मुभी एक लभरको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । द सेलिव्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको चलचित्रको आज सामाजिक संजालमार्फत दुईवटा तस्विर सार्वजनिक गरिएको हो ।

चलचित्रलाई सि.ए. दुर्गाप्रसाद ज्ञवालीले निर्माण गरेका हुन् । समसामयिक प्रेम कथामा आधारित चलचित्रको दुई पोस्टरमध्ये एउटा पोस्टरमा प्रेमिल जोडीको प्रेम भाव प्रस्तुत गराइएको छ भने अर्को पोस्टरमा युवाको भिन्नै चरित्रलाई देखाउन खोजिएको छ ।

निर्माण टिमले चलचित्रको पुर्ण कथा भने अझै सार्वजनिक गरेको छैन । विगत १२ वर्षदेखि सम्पादनको रुपमा काम गर्दै आएका यो चलचित्रका अभिनेता शाहिल खानले चलचित्रमा निकै मिहेनत गरेको बताए । शाहिल खान, अनुपमा भण्डारीलाई फिचर गरिएको पोस्टरलाई टौवा क्रियशनले डिजाइन गरेको हो । यो चलचित्रमा शाहिल खान, अनुपमा भण्डारीबाहेक राज थापा क्षेत्री, सरु माझीको पनि अभिनय देख्न सकिनेछ ।

चलचित्र यतिबेला मुभी फ्याक्ट्रिमा पोस्टपो्रेड्क्सनको काम भइरहेको छ । एक हप्ता लगाएर छायांकन गरिएको चलचित्रलाई रामजी ज्ञवालीले निर्देशन गरेका हुन् भने आर्यन अधिकारीले सहायक निर्देशकको भुमिका निर्वाह गरेका छन् । फस्टलुक पोस्टरसँगै निर्माण टिमले चलचित्रको रिलिज मिति समेत सार्वजनिक गरेको छ ।

चलचित्रका निर्माता दुर्गा प्रसाद ज्ञवालीले आगामी कात्तिक १७ गते उक्त चलचित्र सार्वजनिक हुने जानकारी गराए । चलचित्र प्रदर्शन गर्नुअघि यो चलचित्रको ट्रेलर र गीत समेत हेर्न सकिने निर्माण टिमले स्पष्ट पारेको छ । छोटो चलचित्र भएपनि यो चलचित्रले आम दर्शकको चाहना अनुसारको विषयवस्तु उठान गरेको निर्देशन रामजी ज्ञवालीले जानकारी दिए । चलचित्रमा निर्देशक रामजी ज्ञवाली र आर्यन अधिकारीको स्क्रिप्ट, स्क्रिनप्ले र डाइलग रहेको छ ।