के अब राजेश हमालले चलाउने “जातकाे प्रश्न” कार्यक्रमले धेरै अतिवादिहरुकाे निद हराम भएकै हो?

आर्यन सिके , आबुधाबी
जातिय भेदभाव र छुवाछुतको बारेमा विश्लेषण गर्नु कसरी हिन्दु धर्मको विरोध भयो? के अब राजेश हमालले चलाउने “जातकाे प्रश्न” कार्यक्रमले धेरै अतिवादिहरुकाे निद हराम भएकै हो? उनकाे कार्यक्रमको कुन वाक्य र उच्चारणहरुले हिन्दु विरोधी छ,फेरि पनि हिन्दु हु भन्नेहरुकाे टाउकाे किन दुख्याे ?

हजारौं बर्ष देखि दबिएर्, पिल्सिएर, दलिएर र पैतला मुनि दबाएर राखेकाे एउटा समुदायकाे बिषयमा आवाज उठाउदा र समाजमा भईरहेको यथार्थ विश्लेषण प्रति आपत्ति किन भयो ?

एउटा पढेलेखेको, दुनिया बुझेको र समाजमा प्रतिष्ठित व्यक्ति त्यो पनि गैरदलित भएर कार्यक्रम चलाउँदा उसको पुत्ला जलाउने देखी गालिगलौज गर्ने कथित उच्च जात भनिनेहरुले गरिब,दुःखी र अनपढ दलितहरुलाई कस्तो व्यवहार गर्छन, अब सजिलै अनुमान गर्न सकिन्छ। लगानीको आधारमा टेलिभिजन नहेर्ने र बहिष्कार गर्छौ भन्नेहरु खाडी मुलुक मुस्लिम बाहुल्य हो भने आफन्तहरु किन पठाउने ? अमेरिका, अष्ट्रेलिया, क्यानाडा जस्ता क्रिस्चियन बाहुल्य मुलुकहरु हुन जहाँ आफ्ना छोराछोरी पढन नपठाए भयो।

दैनिक प्रयोग हुने अत्याधुनिक सर-समानहरु सबै उतैबाट आउने प्रयोग नगरे पनि भयो। नेपालमा अब हिन्दुधर्म खतरामा छ त क्रिस्चियन र मुस्लिमहरुको कारणबाट होइन। आफू भित्रको जात व्यवस्थाको कारणले भने अबश्य हुनेछ ।