सगरमाथाको उचाइ घोषणाको तयारी अन्तिम चरणमा, कति होला नयाँ उचाइ ? हेर्नुहोस आज असोज २८ गतेका मुख्य समाचारहरु

विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ घोषणा तयारीको काम अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले बताएका छन् ।

उचाइ घोषणाको काम कहिले, कुन तहबाट र कस्तो कार्यक्रम गरेर घोषणा गर्ने भन्ने सम्बन्धमा नापी विभागले भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग छलफल गरिरहेको छ ।
सगरमाथाको उचाइ मापनको काम एक बर्षअघि नै सकिएको हो । ‘उचाइ घोषणाका लागि अब कुनै प्राविधिक तयारीको काम बाँकी नरहेकाे नापी विभागका सूचना अधिकारी दामोदर ढकालले बताउनुभयाे । नेपालले उचाइ मापन गरिरहेकै समयमा चीनसँग उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमति भएपछि नापी विभागले त्यसलाई पर्खेको हो ।

सो भ्रमणपछि चिनियाँ अधिकारीहरुले सन् २०२० को मे महिनामा चीनतर्फबाट उचाइ मापन गरेका थिए । हेर्नुहोस आज असोज २८ गतेका मुख्य समाचारहरु :