दशैं तिहारमा काठ्माण्डौलाई ठप्प पार्ने प्रस्ताव, हेर्नुहोस अब के हुन्छ ? आज असोज २७ गतेका मुख्य समाचारहरु

नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले दशैं तिहारको १०–१५ दिन काठमाडौं ठप्प पार्ने प्रस्ताव गरेका छन् । ‘दशैं तिहारको समयमा १०–१५ दिन ठप्पै बन्द नगरे काठमाडौंमा कोरोनाले थप महामारीको रुप लेला जस्तो लाग्छ’ सांसद श्रेष्ठले संसदको शिक्षा तथा स्वास्थ्य समितिको जारी भर्चुअल बैठकमा भने । आफैँ कोराना संक्रमित भएर अहिले निको भइसकेका सांसद श्रेष्ठले सरकारले कोरोना रोगको व्यवस्थापन उचित ढङ्गले गर्न नसकेको टिप्पणी गरे ।

दसैँ–तिहारको समयमा उपत्यका प्रवेश गर्ने नाका बन्द गर्न सरकारलाई संसदीय उपसमितिले सुझाव दिएको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको ‘कोभिड १९ नियन्त्रणमा सरकारको कामकारबाही अनुगमन उपसमिति’ ले उपत्यका प्रवेशको नाका सिल नगरे कोरोना भाइरस (कोभिड–१९) को महामारी थप भयावह हुने चेतावनी दिएको हो ।यो संगै आजका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस :