बिहे भएकै २ महिनामा कसरि भयो….

काठमाडौं | सिन्धुलीको कमलामाई नगरपालिका- २ चियाबारीकी १९ वर्षीया पुष्पा भुजेलको मृत्यु प्रकरण रहस्यमय बनेको छ। परिवार र आफन्तले उनको मृत्यु अस्वभाविक भएको भन्दै निष्पक्ष छानविनको मागसमेत गरेका छन्। एको असोज १६ गते राति आफ्नै घरमा सलको पासो लगाई आत्महत्या गरेकी भनिएकी भुजेलको शवसमेत माईति पक्षलाई हेर्न नदिई जलाएपछि घटना थप रहस्यमय बनेको हो।

उनको आत्महत्यानै भएको परिवारका सदस्यले बताइरहेका बेला युवतीको माइती पक्षले भने आत्माहत्या नभई हत्यानै भएको दावी गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरीसमेत दिएपछि घटनाले अर्कै मोड लिएको छ। सुरुमा (पुष्पाको श्रीमान) गोपी थापाले राती २:३० बजे पुष्पाको एक आफन्तलाई फोन गरेर पुष्पाको पेट फुलेको र धेरै बिमारी भएको भन्दै गाडी लिएर आउन खबर गरेका थिए। तर, बहिनी बिरामी भएको थाहा पाएपछि गाडी लिएर चियाबारी पुग्दा पुष्पाको मृत्यु भइसकेको र अस्पताल ल्याएपछि पुष्पाले आत्महत्या गरेको बताएपछि बहिनीको हत्या भएको दावी गरिएको पुष्पाको दाजु पवन भुजेलले बताए।
हेर्नुहोस –