राष्ट्रिय राप्रपा पार्टीको केन्द्रिय सदस्यमा श्याम

काठमाडौं २५ असोज । नेपाल मुक्ति मञ्च कपिलवस्तुका जिल्ला अध्यक्ष समेत रहनुभएका श्याम कुमार मिश्र हालै एकीकृत राष्ट्रिय राप्रपा पार्टीको कपिलवस्तुबाट केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । मोनित भएपश्चात खुशि हुँदै आफुलाई यो लायकको सम्झेकोमा केन्द्रिय पार्टी प्रति आभार ब्यक्त गर्नु भएको छ । गत स्थानीय निर्वाचनमा उहाँ कृष्णनगर नगरपालिकाको मेयरको उम्मेद्वार समेत बन्नु भएको थियो ।

कृष्णनगर निवासी श्याम कुमार मिश्र भोजपुरी तथा नेपाली गीत, सङ्गीतको क्षेत्र र नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँन सफल ब्यक्तित्व हुन् । उहाँले नेपाली गीतको एल्बम स्रोता र दर्शकमाझ ल्याउने तयारीमा रहेको भएपनि कोरोना कहरका कारण अहिलेलाई स्थगन गरेको जानकारी दिनुभयो । कलाकारितासँगै सामाजिक, राजनीतिक र व्यवसायलाई समेत सँगसँगै लिएर अगाडि बढ्दै गर्नुभएका मिश्रले देउता, किङ्ग, ब्वाईफ्रेण्ड लगायतका चलचित्रमा अभिनय गर्नु भएको छ ।