खै कसरी म पनी यो (COVID-19) सक्रमणबाट अछुतो रहन सकिन – सुर्य खड्का

संसारभर फैलिरहेको कोभिड-१९ धेरै मानिसहरुलाई सक्रमित भएको र ठुलो मानव जगत आक्रान्त बनेको सर्बबिधितै छ त्यस्तै कलाकार लोक दोहरी गायक सुर्य खड्का पनि संक्रमण मा परेको जानकारी गराउनु भएको छ । खड्काले लेखेको फेसबुक स्टाटस जस्तै को जस्तै ।

सम्पुर्णमा नमस्कार??
संसारभर फैलिरहेको कोभिड-१९ (कोरोना भाईरस ) धेरै मानिसहरुलाई सक्रमित भएको र ठुलो मानव जगत आक्रान्त बनेको सर्बबिधितै छ। यो एउटा समयको उपज पनी होला अत्यान्त साबधानी अपनाउदा अपनाउदै पनी कर्म गर्ने मान्छे कर्म गर्ने क्रममा खै कसरी म पनी यो सक्रमणबाट अछुतो रहन सकिन।

यसको संक्रमण पुस्टि भय संगै मेरा सम्पुर्ण आफन्तजन, शुभचिन्तक र मायाँगर्नुहुने हजुरहरू सबैको लागी चिन्ता र चासोको विषय बनेको छ।मलाई यहाँहरुले मायाँ गरेर हौषला दिनको निमित्त अत्यन्त धेरै फोनकलहरु अनी म्यासेज हरु गरिरहनु भएको छ। मेरो अबस्था अत्यन्त सामान्य छ र पनी मलाई टोकियो क्योसाई हस्पिटल नाकामेगुरो मा भर्ना गरी अन्य चेकजाँच संगै चिकित्सक को निग्रानी मा राखिएको छ।हस्पिटलको प्रक्रिया र यहाँको वातावरणमा यहाँहरुका फोनकलहरु र म्यासेजहरुको रिप्लाई गर्न नसकेकोमा क्षमा प्रार्थी छु।

म अत्यन्त सकुशल छु त्यसैले यहाँहरु कसैले चिन्ता नगरिदिनुहुन अनुरोध गर्दै मेरो बारेमा थप जानकारीहरु म गर्ने नै छु, यहाँहरुको मायाँ, शुभेच्छा, आसिर्वाद प्रार्थना ले म छिटै निको हुनेछु भन्ने कुरामा विश्वास दिलाउन चाहन्छु। हजुरहरु पनि सबै जना सुरक्षित रहनुहोला, सबैलाई फेरी पनी धेरै धेरै धन्यवाद संगै मिठो सम्झना।

केहि समय अगाडी गरेको बिशेष कुराकानी

सिघ्र स्वास्थ कामना स्कटनेपाल परिवार ।