दशैंमा ड्रोनबाट प्रहरीले गस्ती गर्ने, भारतको सहयोग लिएर चिनसंगको सिमा सुरक्षा गर्नुपर्ने सरिता गिरीको भनाई, हेर्नुहोस आजका मुख्य समाचारहरु

महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना तयार पारिसकेको छ । जिल्लामा लागू गरिए पनि संयुक्त सुरक्षा योजना लागू गर्न बाँकी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसपालि विगतको सुरक्षा योजनामा थप गर्दै कुकुरसमेत परिचालन गर्न थालिएको छ । आवश्यकतानुसार ड्रोनको समेत प्रयोग गर्न लागिएको छ । सवारीका यात्रु ओर्लने/उक्लने क्षेत्रमा नियमित जाँच थालिएको छ ।

यसैबीच पूर्व सांसद सरिता गिरीले नेपालले चीनतर्फको आफ्नो भूमिको सुरक्षा गर्न नसकेको भन्दै भारतीय सहयोग लिनुपर्ने बताउनुभएको छ । गिरीले आज विज्ञप्तिमार्फत चीनतर्फको आफ्नो भूमि सुरक्षा गर्न सरकार असफल भइसकेको अवस्थामा भारतको सहयोग लिनुपर्ने बताउनुभएको हो । यो संगै आजका मुख्य समाचारहरु तलको भिडियोमा हर्नुहोस :