अस्ट्रेलिया बाट प्रजितले ल्याए ‘आहै चचहुइ’ ( भिडियो )

दशैँ शुरु हुने लाग्दा यसैलाई लक्षित गर्दै विभिन्न गीतहरु नेपाली सांगीतिक बजारमा घन्कन थालेका छन् । यसै क्रममा गायक तथा संगीतकार प्रजित श्रेष्ठले नयाँ गीत ‘आहै चचहुइ’को म्युजिक भिडियो रिलिज गरेका छन् ।

दशैँ र तिहारको रमाइलो भावलाई समेटेर तयार पारिएको यस गीतमा स्वर, शब्द र संगीत स्वयम गायक प्रजित श्रेष्ठको रहेको छ।

म्युजिक भिडियोमा सलिना कटुवालको साथमा अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ। एजेआर फिल्म्सको छायांकन रहेको यस भिडियोलाई अस्ट्रेलियामा छायांकन गरिएको हो। गायक श्रेष्ठको लगानी र निर्देशनमा तयार पारिएको यस भिडियोलाई गायक श्रेष्ठकै अफिसिएल च्यानल ‘प्रजित श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको छ।

विदेशमा बसेर नेपाली कला, साहित्य र संगीतलाई निकै माया गर्ने गायक श्रेष्ठले यस म्युजिक भिडियोलाई सुनेर हेरेर माया गरिदिन सम्पुर्ण संगीतप्रेमीहरुमा आग्रह गरेका छन्।