योगेश काजी र विजय दर्पणको ‘नक्कली साली…’ सार्वजनिक

काठमाडौं,
योगेश काजीको सङ्गीत र विजय दर्पणको शब्द रहेको गीत ‘नक्कली साली…’ सार्वजनिक भएको छ । बाबुकृष्ण परियार र कमला घिमिरेको स्वरमा रहेको गीत ‘नक्कली साली…’को भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा योगशको नै सङ्गीत संयोजन छ भने एचवीन किस्मतको मिक्सि तथा माष्टरिङ रहेको छ । गीतको भिडियो योगेश र विजयको सहकार्यमा स्रोता/दर्शकमाझ अएको हो । योगेशको स्वर तथा सङ्गीतमा रहेका थुप्रै गीत लोकप्रिय तथा ट्रेडिङमा पर्न सफल छन् ।

सार्वजनिक गीत ‘नक्कली साली…’मा क्रान्ति केसीको निर्देशन र राहुल बराइलीको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा राजु पौडेल (मास्टर), मरिचमान श्रेष्ठ (बल्छिध्रुबे), अनिता बस्नेत, आयुशमान कार्की, सविना आचार्य, प्रिति तमाङलगायतका कलाकारको अभिनय रहेको छ ।

अजय रेग्मीको छायाँकन र प्रविन भट्टको सम्पादन रहेको छ भिडियोमा । गीत सार्वजनिक भएको छोटो समयमै लोकप्रिय हुँदै गएको छ ।