तपाईलाई डर चिन्ता छ, यसरी समाधान गर्नुहोस् – मनोरोग विशेषज्ञ (एमबीबीएस, एमडी) डा. आलोक झा

काठमाडौं, असोज ।

कान्ति बाल अस्पताल, काठमाडौंमा कार्यरत मनोरोग विशेषज्ञ (एमबीबीएस, एमडी) डा. आलोक झाले मानिसमा डर, चिन्ता, भय सबै उमेर समूहमा आउन सक्छ, तर यसको मात्रा बढि भयो भने यसलाइ मानसिक स्वास्थ्यमा समस्या भएको बुझ्नु पर्छ भन्नु भएको छ । उहाँले जुनसुकै मान्छेले सर्प देख्यो वा भूइचाँलो आएमा एक्कसी डराउन सक्छ तर कारण थाहा छैन तर डराइ रहन्छ भने यस्तो अवस्थालाइ समान्यरूपमा लिन सकिदैन ।

मनोरोग विशेषज्ञ डा. आलोक झाका अनुसार कुनै मान्छेमा विनाकारण आत्तिने, डराउने, शंका लाग्ने, छटपटी हुनेलगायत समस्या देखिन्छन्, जसलाई एन्जाइटी डिसअर्डर भएको मान्न सकिने बताउनुभयो । उहाँले एन्जाइटी एक प्रकारको मानसिक रोग भएको उल्लेख गर्दै सोसल फोबिया, सेपरेसन, एगोरोफोबिया, प्यानिक डिसअर्डर, जेनरलाइज्ड, कन्नभर्जन डिसअर्डर हुन् भन्नुभयो ।

‘एन्जाइटी डिसअर्डर जुनसुकै उमेर समूहमा हुने गर्छ, १५ देखि ३५ वर्षबीचको उमेर समूहका युवा एन्जाइटीबाट बढी देखिन्छ’ मनोरोग विशेषज्ञ डा. आलोक झा बताउनुहुन्छ । उहाँले विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर झन्डै ३० करोड मानिस यस समस्याबाट ग्रस्त रहेको उल्लेख गर्नुभयो ।यस समस्याको मुख्य कारण पारिवारिक विघटन, व्यस्त जीवनशैली, एक्लोपना, शरीरमा हार्मोनको गडबडी रहेको समेत स्पष्ट पार्नुभयो ।

विस्तृतमा कन्सल्टेन्ट मनोरोग विशेषज्ञ (एमबीबीएस, एमडी) डा. आलोक झा के भन्नु हुन्छ त, भिडियोबाट जानकारी लिऔँ