राजु श्रेष्ठको लोकदोहोरी गीत ‘नशालु माया’ सार्वजनिक ( भिडियो )

व्यवसायीको रुपमा चिनिदै आउनु भएका राजु श्रेष्ठ नेपाली सांगीतिक आकाशमा प्रवेश गर्नु भएको छ ।
श्रेष्ठले गीत गायन एब भिडियो निर्माताको रुपमा कला छेत्र लाग्नु भएको हो। नव गायक राजु श्रेष्ठले आफ्नो पहिलो प्रस्तुतीको रुपमा लोकदोहोरी गीत ‘नशालु माया’को निर्माण गर्नु भएको हो । राजु श्रेष्ठ र गायिका सोनिया डी सीको आवाज र सोनिया डी सीको शब्द, संगीत रहेको गीतको शुक्रबार म्युजिक भिडियो रिलिज गरिएको हो ।

सार्वजनिक गीत ‘नशालु माया’ युवा मोडेल दीपक लामा र सारिका केसीको अभिनय रहहेको छ । भिडियोमा दीपक गिरीको क्यामेरा र अमृत चापागाईको सम्पादन रहेको छ । गायक एबम निर्माता राजु श्रेष्ठले आगामी दिनमा पनि लोकप्रिय गायिकाहरु संगको युगल गीतको रेकर्ड गर्दै भिडियो निर्माण गरिने जानकारी दिनु भयो । हाम्रोतर्फबाट नव गायक राजु श्रेष्ठलाइ धेरै धेरै शुभकामना ।