लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत कोसेली ‘फूलको थुँगा’ भिडियो सार्वजनिक

पछिल्लो पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत कोसेली फूलको थुँगाको भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय कृशल र एलिनाको जोडीलाई गायनका अलावा अभिनयमा पनि रुचाइएका कारण यो जोडी “कोसेली फूलको थुँगा”कोमा पनि कलात्मक अभिनय गर्न सफल भएको छ ।

केही चर्चित गीतहरूको कभर गाएर भाइरल बनेकी एलिनालाई “तिम्रै माया लाग्छ बरिलै” गीतले गायिकाको रूपमा स्थापित गराएको थियो। “कोसेली” बरिलैको अपार सफलता पछि यसै समुह संग उनको नयाँ सहकार्य हो। यसर्थ पनि एलिना यो गीत संग निकै आशावादी र श्रोता दर्शकहरूले मन पराउने कुरामा ढुक्क छिन्। उनी भन्छिन् ” यो गीत अलि अलग र मेलोडियस् छ। संगीत प्रेमीहरूलाई मन पर्छ”

बेलायतमा बसेर गीत गजल लेखनमा सक्रिय नृपेश उप्रेतीको शब्द र कम्पोज रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ। ह्वाइट मिडिया प्राली ले निर्माण गरेको कोसेलीको म्युजिक भिडियोको सम्पादन र निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् भने छायांकन नमराज घिमिरे र नृत्य निर्देशन प्रविन थापाले गरेका हुन्।