माया के हो ‘मेसो पा छैन’ सार्वजनिक (भिडियो)

‘मेसो पा छैन’ गायक रमण रेग्मी र मेलिना राईको आवाजमा बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गरिएको गीतमा सङ्गीतकार हरि लम्सालको रचना सङ्गीत र एरेन्ज रहेको छ । गम्भीर विष्टले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र उषा उप्रेती फिचर्ड छन् । सविना कुवर रेग्मीको निर्माण रहेको उक्त भिडियोमा पुष्प र उषाको जोडी निकै खुलेको छ ।

म्युजिक भिडियोको सिनेमाटोग्राफी नवराज उप्रेती र उनको टिमको रहेको छ भने सम्पादन र कलर नविन निरौलाले गरेका हुन् । गायक रेग्मीको ‘हुन्छ नि बैशमा मुटु साटौँ लाग्ने’ र ‘घर त लगनखेल’ गीतले चर्चा पाइसकेका छन् । गीतको भिडियो निकै सुन्दर बनेको छ। भने रोमान्टिक शैलीको गीतमा पुष्प र उषाको माया, गुनासो र घुर्की लगाउने बानीको बयान गरिएको छ ।

हेर्नुहोस भिडियो :