अञ्जुको गीतमा राजदुत डा. दुबसुको जोडी सहित यि ३ रियल जोडीको अभिनय

काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको दुख्ने मुटु बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बेलायतका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुवेदी दुबसुको शब्द शृजना रहेको गीतमा राजदुत दुबसु र उनकी पत्नि पुनम सुवेदीको अभिनय रहेको छ । साथै भिडियोमा दुबसु दम्पत्तिका अलावा नायिका मिरुना मगर र अभिनेता ध्रुब दत्तको अभिनय देख्न सकिन्छ ।

साथै भिडियोमा सरदराज आरन, सम्झना आरन, तेजेन्द्र रेग्मी, सुधा शर्मा, राजकुमार गिरीको अभिनय रहेको छ । भिडियोमा अभिनय गर्ने कलाकारहरुमा मिरुना र ध्रुबबाहेकका ३ जोडी नै वास्तविक जोडी हुन् । भिडियो बेलायतका सुप्रशिद्ध स्थलहरुमा छायांकन गरिएको हो ।

सार्वजनिक गीतमा सुप्रसिशद्ध संगीतकार आलोकश्रीको संगीत शृजना रहेको छ भने भिडियोको छायांकन सम्दान र निर्देशन कुशल श्रेष्ठले गरेका हुन् ।