पोखरा होटलमा चिबे र कोपा रङ्गेहात भेटिए ( कमेडी भिडियो हेर्नुहोस)

दोबाटे फुटेर चिबे र कोपाले हास्य टेलिशृङ्खला हास्नु हुन्न है निर्माण गरेका छन । यसको नयाँ भाग सुपर अनलाइन टिभि मार्फत आइसकेको छ । पछिल्लो समय निकै राम्रा काम गरेर सबैमाझ लोकप्रिय बनेका पोखराका संचारकर्मी तथा समाजसेवी सुरेश सुनारले पनि आजको भागमा विशेष भुमिका निर्बाह गरेका छन । उनको अभिनयको पनि सबैले तारिफ गरेका छन ।

पुर्बबाट तयार गरिने श्रृङखला आजको भाग पोखराबाट तयार गरिएको छ । पोखराको होटलमा मोजमस्ती गर्दै गर्दा रङ्गेहात भेटिएका कोपा र चिबेले हसाएर भुतुक्कै पारेका छन । समीर सुवेदी (चिबे बूढो) अनि आइन्द्र लिम्बू (कोपा) को लेखन तथा निर्देशन रहेको छ । यो टेलिसिरियलमा कलाकारहरु आइन्द्र लिम्बू (कोपा) र समीर सुबेदि (चिबे) लगायत अन्य कलाकारहरुमा श्याम गिरि, सिला उप्रेती (बोजु) सुजन ढकाल,गणेश भट्टराई, टिकटकमा निकै चर्चामा रहेकी सलु पोख्रेल तथा अन्य धेरै कलाकारको अभिनय देख्न सकिनेछ । यस टेलि शृङ्खलामा कलाकार बन्ने सपना बोकेका अनि कला भएर पनि लुकेर रहेका प्रतिभाहरुलाई स्थान दिने कलाकार तथा निर्देशक आइन्द्र र समिरले बताए ।

आफुहरु पनि कलाकारीतामा ठूलो सपना बोकेर बिगत दस बर्षदेखि संघर्ष गरिरहेको बताए । युटुबमा सुपर अनलाइन टिभी बाट आएको आजको भाग पोखरामा सुटिङ गरिएको छ । सिरियलमा पोखरा पुगेका चिबे र कोपालाई २ जना महिलाले होटलमा लगेर यस्तोसम्म गरेका छन कि हेर्दा सबै छक्क परिनेछ । तलको भिडियोमा हेर्नुहोला हासेर भुतुक्कै हुनुहुनेछ |