मेरो सरकार, आफ्नो लागि सबै त्यागेका कार्यकर्ताको भलाइको लागि पनि यी तन्देरी बुडाएको कुरा सुन्ने कि ?

डा नारायण घिमिरे,
तपाइले कुनै परिस्थितिलाई जुन तरिकाले बुझी रहनु भएको छ वा देखि रहनु भएको छ त्यसको मतलब यो हुँदैन तपाईले देखे र बुझे जस्तो अरूले पनि त्यो परिस्थिति लाई देखि वा बुझी रहेका हुन जरूरि छ।

जब तपाई तपाईँको उक्त परिस्थिति लाई हेर्ने दृष्टिकोण बदल्नु हुन्छ , त्यही परिस्थितिको सत्य नै अर्को रहेको अनुभूति हुन थाल्छ।

फेरी तपाईँको त्यसलाई हेर्ने नजर परिवर्तन गर्नुस, अर्को सत्य तपाइले पाउनु हुन्छ।

यसको निष्कर्ष के हो भने कुनै पनि कुराको तपाइको नजरले भन्दा संसारको नजरले हेर्ने क्षमता राख्ने गुण चाहिन्छ मुलुक सञ्चालनको जिम्मा लिएका महानुभावहरू मा।

एक पटक तपाइको नजरले हैन समाजको नजर बाट हेर्नुहोस् यी वृद्ध डाक्टर लाई। यिनका जायज माग यिनका लागि हैनन् त ? न त जानेर यिनका नजिकका दलालका लागि गरिएका हुन्।

सरकार ! सफा दिल लिएर यी वृद्ध सँगै बस्नु – यिनका जायज माग पुरा गर्नु – यिनी कति युवा छन् – यिनले सरकारको समेत तागत वृद्धि गर्न सहयोग पुर्‍याउने छन्।

इतिहास साक्षी छ । न त सान्दाई बिपीको दुई तिहाइको दम्भले उनैलाई वा देसलाई उद्धार गर्‍यो । न सुविधाजनक बहुमतको गिरिजा दाजीको संसद् ले मुलुकको ओखती गर्‍यो।

समाजको नजर बाट विषय बस्तु र परिस्थिति हेर्न नसक्ने हरेक पार्टी वा नेतृत्वलाइ समयले सजिलै बढारिदिने छ।

मेरो सरकार, आफ्नो लागि सबै त्यागेका कार्यकर्ताको भलाइको लागि पनि यी तन्देरी बुडाएको कुरा सुन्ने कि ?

माग पुरा गर्ने कि ? जो मर्जी।