गोविन्द केसीलाई जबर्जस्ती ग्लूकोज पानी खुवाउनु र उठाउनु ।

ए पोख्रेल,

१. गोविन्द केसीका वास्तविक हितैशीहरु, जो १९ औं, अनसन स्थलमा आजभोलि संग्लग्न हुनुहुन्छ ले, डक्टर केसी लाई फकाउ, समाउ, अनि ग्लूकोज पानी साथै पौष्टिक तत्त्व युक्त झोलिलो पदार्थ जबर्जस्ती भए पनि खुवाएर सुरक्षित उठाऊ ।

२. विगतका सहमति तथा सम्झौता कार्यान्वन गर्न सामूहिक अभियान चलाऊ । एक्लो केसीको अनसन प्रयोग गर्न बन्द गरौं । उनका मागहरु जनकल्याणकारी रहेको कुरामा शंका छैन, तर सामूहिक रूपमा हातेमालो गरेर मात्र पूरा गर्न सकिन्छ ।

३. बहुदलीय व्यवस्थामा मुख्य मुख्य ठूला पार्टीहरुको भित्री सहमति बिना, कुनै पनि रणनैतिक महत्वका योजनाहरु देशमा लागू गर्न र गराउन सकिँदैन अर्थात् लागू हुँदैनन् ।

४. गोविन्द केसी मार्फत उठेका वा उठाइएका मागहरुमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीहरु कहिले पनि सहमत थिएनन्, छैनन र हुने देखिँदैन । उनीहरू सहमत नहुनुमा, उनले सधैं भरी आफूलाई सडकबाट एक्लो बृहस्पतिको रूपमा अभियान सञ्चालन गर्नु हो ।

५. अर्थात् करोडौं नेपालीको हितको खातिर एक्लो अभियान चलाउनु प्रमुख कमजोरी हो । हजारौ नेपालीलाई लामबद्ध गरेर अनसनमा बस्नु आवश्यक छ, ताकि दशौं हजार अरु मानिसहरू एकसाथ सडकमा आउन । अनि बल्ल अहिलेका दुवै ठूला पार्टीहरू उनका मागहरुमा सहमत हुने छन् । लागू गर्ने कुरामा अघि बढ्ने छन् ।

६. तिम्रो मृत्युमा कोही नेपाली रुने छैनन । रुने हैसियत पनि कुनै नेपालीको छैन । त्यो प्रकारको उच्चता प्रकट गर्ने वा संवेदना नेपालीहरुमा छैन तिम्रो मृत्युमा । असफल अभियानमा किन पटक पटक एक्लै सुत्ने मूर्खता गर्छौं ?

७. प्रोफेसर गोविन्द केसी जाग, उठ र तनतनी ग्लूकोज पानी साथै पौष्टिक तत्त्व युक्त झोलिलो पदार्थ खाउ र तन्दुरुस्त बन्नुहोस् ।
अस्तु ।
ए पोख्रेल ।