फेरी आयो सबैलाई रूहाउने दोहोरी गीत बाल कुमार श्रेष्ठको आवाजमा

मायामा हत्कडी म्यूजिक भिडियो सार्वजनिक भएको छ । भोज लोप्चनको वियोगान्त प्रेम कथामा आधारित उक्त गीत भर्खर बजारमा ल्याएको छ । हिरोज लोप्चनको शब्द रहेको गीतमा बालकुमार श्रेष्ठ र प्रमिला दोङले स्वर दिएका छन् ।

त्यस्तै बालकुमार श्रेष्ठका लय रहेको छ भने सारिका केसी र हिरोज लोप्चनको अभिनय रहेको छ । काजिस श्रेष्ठको निर्देशन, राजेश घिमिरेको छायाङ्कन र दिपक विष्टले सम्पादनन गरेका छन् । हिरोज लोप्चनको यसअघि पनि विभिन्न गीतमा शब्द तथा अभिनय रहेको छ । युवा पिढिंमा हिरोज लोप्चन चिनिने नाम हो । साथै संगीत क्षेत्रमा हिरोज लोप्चन निकै जम्दै आएको छ ।