प्रेम सापकोटा सोनुको सबैलाई रूहाउने दशैं गीत बाहिरियो

खाना खाए साथीले किन्देर,भाडा तिरे उसैले रिन्देर ।
यो मुटुछुने शब्द सहित धेरै नेपलाीहरुको बास्तविकता गीतमा उतारेका छन लोकप्रिय सर्जक तथा कुशल गायक प्रेम सापकोटा सोनुले आफ्नो पछिल्लो गीत पिरै मात्र पर्छ मा ।पछिल्लो समय धेरै नेपालीहरु कोरोना महामारीका विच विदेशबाट नेपाल आउन पाएका छैनन् । त्यति मात्र होइन आफुले काम गर्ने कम्पनी बन्द भए पछि खान बस्न पनि निकै समस्या परिरहेको छ । यहि पिडा र बेदना उनले आफ्नो गीतमा उतारेका छन ।

आफैले निर्देशन गरेको सो गीतको हरेक शब्द मुटुछुने खालका छन भने प्रेमले मन छुने लय सहित मुटुछुने आवाज समेत दिएका छन । गीतलाई नेपाल र जापान गरि दुई भागमा निमार्ण गरिएको छ । गितमा प्रेमका आफ्नै आमा बुबा संगै शिशिर पाण्डेको मुख्य भूमिका रहेको छ ।बिङ सन्देशले खिचेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन। गीतको सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी: