बला,त्कारीलाई गाउँ मै मिलापत्र गराइ बला,त्कारी जोगाउनेलाई प्रहरीले गर्यो गिरफ्तार ।

सरु सुनार,

हाम्रो मिशन एकहद सम्म पूरा भएको छ । सम्झना बिकलाइ बलात्कार गरि हत्या गर्ने राजेन्द्र बोहोराले सम्झनाको हत्या गर्नु भन्दा करिब एक महिना अगाडि १३ बर्षको दलित बालिकालाई बलात्कार गरेको रहेछ जुन घटना गाउँका यी ब्यक्तिहरुले रु ५०० बालिकालाई दिएर राजेन्द्रलाई माफी माग्न लगाइ यदि बालिका गर्भवती भएमा बलात्कारीले स्वीकार गर्ने नत्र भने गुपचुप गराउने भनी मिलाएका थिए ।

बलात्कारीलाई यसरी संमान दिएर समाजमै अपराधी हुर्काए पछि आज सम्झना बैनीलाई हामीले गुमाउनु पर्यो ।

उक्त घटनामा म लगाएत avenews टेलिभिजनबाट हरिस बिक जि लगाएत टिम बझाङ पुगेका थियौ ।

मैले बारबार भनेकी थिए यो अपराधी , बलात्कारीलाई जोगाउने मिलापत्र गराउने यो यो समाजका झन डरलाग्दा अपराधी हुन् यिनिहरुलाइ कडा सजाय हुनुपर्छ भनी ।

आज हामी बझाङ पुग्नु र यो घटनालाई कडा रूपमा हामीले उठाउनु आज केहिहदसम्म सफल भएको अनुभुती भएको छ ।

बलात्कार जस्तो जघन्य अपराधको घटना मिलापत्र गराए पछि मष्टा गाउँपालिका– २ का गल्फे बोहरा, लालबहादुर बोहरा, धनचडी बोहरा, थमकला बोहरा, बिरु दमाईं र वडा नं. ३ का धौल दमाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
( saru sunar)