५ लाखमा साटिएको थियो किशोरीको इज्जत

सिरहामा १६ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा मुख्य अभियुक्तसहित ८ जना मतियार पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुख्य अभियुक्त विष्णुपुर नगरपालिका– १ विष्णुपुरका २० वर्षीय मुकेश कुमार साह हुन् ।

त्यस्तै मतियारहरु विष्णुपुर नगरपालिका– १ का ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरबिन्द कुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४१ वर्षीय रामउदागर यादव, ६१ वर्षीय जगरविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्यामसुन्दर यादव पक्राउ परेका हुन् ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालल सिरहाको संयुक्त टोलीले उनीहरुलाई सिरहाको विभिन्न ठाउँबाट पक्राउ गरेको प्रदेश प्रहरी प्रमसख डीआईजी धीरज प्रताप सिंहले जानकारी दिए । पक्राउ परेका ९ जनामाथि कानुन बमोजिम आवश्यक कारबाही हुने डीआईजी सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।