जहाँ छौं, त्यहिबाट दशैं मनाउन अपिल, अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प को स्वास्थ्य जोखिममा ! अबका केही दिन महत्वपूर्ण, हेर्नुहोस असोज १९ गतेका मुख्य समाचारहरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ ।

साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडिरहेका छन् । कोरोना संक्रमण देखिएसँगै वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उनको उपचार भइरहेको छ । कोरोनाको संक्रमितको उपचार गरिरहेका डाक्टरहरुले पनि अबको तीनदेखि पाँच दिन ट्रम्पका लागि सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् ।

कोरोनाको लक्षण देखिएको केही दिनपछि मानिसको प्रतिरोधी प्रणालीले कोरोनासँग सबैभन्दा महत्वपूर्ण लडाइँ लड्ने जानकारहरुको भनाइ छ । यो लडाइँ घातक पनि हुन सक्ने उनीहरु बताउँछन् । यो संगै आजका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस :