दिपाश्री ‘आऊट’ करिस्मा मानन्धर ‘ईन’ मुन्द्रेको कमेडी क्लबबाट !

काठमाडौँ । नेपाल टेलिभिजनबाट प्रसारण हुने कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ अब फेरि सञ्चालनमा आउने भएको छ । कोरोनाभाइरसको संक्रमणका कारण स्थगित भएको ‘मुन्द्रेको कमेडी क्लब’ केहि परिवर्तनसहित सञ्चालनमा आउने भएको हो ।

हाँस्यकलाकार जितु नेपालले सञ्चालन गर्ने यस शोमा अध्यक्षता ग्रहण गर्दै आएकी अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलालाई क्लबबाट हटाइएको छ।

उनको स्थानमा अभिनेत्री करिश्मा मानन्धरलाई ल्याइएको स्रोतले जनाएको छ । केहि समयअघि दिपाश्रीले राजेश हमाललाई महानायक स्विकार्न नसकिने अभिब्यक्ति दिएपछि विवादमा आएकी थिइन् ।

उक्त विवादका कारण धेरै दर्शकहरुले दीपाश्रीको फिल्म नै बहिष्कार गर्नेसम्म चेतावनी दिएका थिए । यहि विवादका कारण मुन्द्रेको शोमा पनि प्रभाव पर्ने भन्दै उनलाई यस शोबाट हटाइएको अनुमान गरिएको छ।