नित्याशिवा र पुरुषोत्तम न्यौपानेको स्वरमा ‘घर आगनीमा दशै आयो…’ (भिडियोसहित)

नित्याशिवा र पुरुषोत्तम न्यौपाने को स्वरमा रहेको दशैँ गीत ‘घर आगनीमा दशै आयो…’ सार्वजनिक भएको छ । डी एस डिजिटल सिनेमाको ब्यानरमा तयार भएको गीतको भिडियो ओएस आर डिजिटलबाट सार्वजनिक भएको हो ।

पुरुषोत्तम न्यौपानेकै सङ्गीत र शंकर अधिकारी घायलको शब्द रहेको गीतको भिडियोमा गाउँ घरमा दशै आउदाका रमाइलो पलहरु समेटिएको छ ।

कृष्ण पाण्डेको छायाँकन, सन्दिप भुजेलको नृत्य, प्रेम शर्मा पौडेलको सम्पादन रहेको गीतको भिडियोमा रवी खडका, रोशिका राया, सृष्टि कोइराला र प्रेम शर्मा पौडेलको अभिनय छ ।