फिल्म मेकअप स्टुडियो युनिसेक्स ट्रेनिङ सेन्टरको उद्घाटन

काठमाण्डौं, १८ असोज । तीज दशक बढी समय देखि सिने क्षेत्रमा मेकअप आर्टिष्टका रुपमा काम गर्दै आईरहेका मेकअप आर्टिष्टव्दय सन्तु तमाङ र श्याम बरालको संयुक्त प्रयासमा बिगमार्टसंगै अनामनगरमा खोलिएको फिल्म मेकअप स्टुडियोको उद्घाटन नायिका कारिश्मा मानन्धर र अभिनेता सुनिल थापाको प्रमुख आतिथ्यमा रिबन काटेर सम्पन्न भएको छ ।

उद्घाटन कार्यक्रममा कलाकार सुभाष गजुरेल, हाँस्य कलाकार उत्तम के.सी., नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, चर्चित ट्याटु आर्टिष्ट सुमिना श्रेष्ठ, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडका, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, मेकअप आर्टिष्ट अशोक रोक्का, अग्रज पत्रकार सानुकाजी श्रेष्ठ, रंगपत्रकार गीता अधिकारी लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

शैलुनमा उपलब्ध हरेक सेवा सुविधामा एक हप्तासम्म विशेष छुट दिने र आफ्नो ग्राहकको इच्छा, चाहनालाई मध्यनजर राख्दै हाइजेनिक सेवा दिने र स्वास्थ्य मापदण्डको पालना गरी सेवा प्रदान गर्ने जानकारी सञ्चालक मध्यका श्याम बरालले दिएका छन् । भविष्यमा अझै सर्वसुलभ तरिकाले अरु सेवाको विस्तार गर्दै जाने र विभिन्न किसिमका मेकअप ट्रेनिङ दिदै दक्ष जनशक्ती उत्पादन गरी ब्यरोजगार युवा जमातलाई आत्मनिर्भर बनाउने बिचार रहेको बरालले बताए ।