राउटे समुदायकी देवीका राउटे पहिलो पटक ”मदानी” भिडियोमा ।

काठमाण्डौं |
लोप उन्मुख जाती राउटे समुदायकी देवीका राउटे अभिनय को क्षेत्रमा पहिलो पटक मोडलिङमा प्रवेश गरेकी छन । गायिका टिका पुन र गायक नविन पौडेलको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”मदानी” डिवि क्रियसन मार्फत सार्वजनिक भएको छ ।

गीतमा युवा युवती विचको त्रिकोणात्मक प्रेमका भावलाई गीतमा समेटिएको छ । पहिलो पटक राउटे समुदायकी मोडल देविका राउटेको अभिनय तथा विशेष प्रस्त्ुती रहेकाले पनी आम रुपमा दर्शक तथा स्रोतले मन पराउनेमा आफु आशावादी रहेको गीतका सर्जक देव बोहराले बताए ।

देव बोहराको शब्द तथा भेग श्रीपालीको लय सिर्जना गीतमा समेटिएको छ । अमित विश्वकर्माको छायाँकन , अनुप विश्वकर्माको सम्पादन तथा दिपक साउदको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । ”मदानी” गीतको भिडियोमा देवकी राउटे र लोकेश कुवंरको अभिनय रहेको छ ।

”मदानी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।