रानीको डान्सिङ गीत ‘ढलक ढलक’मा प्रहिल र रितु (भिडियो )

अमेरिकाको मेरिल्याण्डमा बसेर लामो समय देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय गायिका डा.रानी शाक्यले नयाँ डान्सिङ गीत ‘ढलक ढलक’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन। रानी शाक्य र प्रताप दासको युगल स्वर रहेको गीतमा हरि उप्रेतीको शब्दरचना र चन्द्र सिंह घलेको संगीत रहेको गीतको भिडियोमा प्रहिल कार्की र रितु पौडेल फिचर्ड छन ।

प्रेम र रोमान्सलाइ देखाउन खोजिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी , माधव बेलबासेको सम्पादन र लोकप्रिय युवा निर्देशक प्रहिल कार्कीको निर्देशन रहेको छ ।

गायिका शाक्यको आफनै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतलाई यस अघिका गीतहरुलाई जस्तै माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायिका शाक्यले आग्रह गरेकी छिन ।