नगरपालिका कै प्राङगणमा वडा अध्यक्ष देखाउने गुण्डाहरु ठोक्ने, पत्रकार माथि दुर्व्यवहार [भिडियो सहित]

चाँगुनारायण नगरपालिका वडा नं ५ का वडा अध्यक्ष जयन्त खड्का र उनको समूहले पत्रकारमाथी दुर्व्यवहार गर्नुका साथै समाचार सम्प्रेषण गरेको खण्डमा ज्यानै मार्ने धम्की समेत दिएका छन् । वडाध्यक्ष खड्का र उनको समूहले पिएनपिखबरडटकमका पत्रकार रोशन घर्ती र अनलाइन टिभी नेपालका पत्रकार नवराज गिरी माथि स्वतन्त्र रुपले समाचार संकलन गर्दै गर्दा मोबाइल खोसेर, लछारपछार समेत पार्दै दुर्व्यवहार गरेका हुन् ।

नगरपालिका कै प्राङ्गगणमा हिन्दी फिल्मको शैलीमा करिब ४०-५० जनाको समुहले पीडित भनिएका व्यक्तिमाथि हातपात गर्दै गरेको दृश्य मोबाइलमा कैद गर्ने क्रममा वडाअध्यक्ष खड्काका गुण्डाहरुद्वारा गुण्डागर्दी शैलीमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई मोबाइल खोसेर ४ घण्टा समेत नगरपालिका भित्रै सभाहलमा लगी मन्जुरी बेगर राखिएको समेत जानकारी प्राप्त भएको छ। वडाअध्यक्षकै गुण्डाहरुद्वारा मोबाईलमा कैद भएको दृश्य समेत जर्बजस्ती हटाउन लगाएको थाहा हुन आएको छ। वडाध्यक्ष स्वयम्ले “मेरो विरुद्धका समाचार प्रकाशित भए जेपनि हुन सक्छ” भन्दै पत्रकार घर्ती र गिरीलाई उक्त घटनाको बिषयमा समाचार सम्प्रेषण गरेको खण्डमा ज्यान मार्ने धम्की समेत दिएका छन् ।

नगरपालिकाकै प्राङ्गणमा प्रस्तुत भिडियोमा देखिएको गुण्डागर्दी खुलेआम भैरहँदा समेत स्थानीय प्रहरी प्रसाशन मौन रहनु र नगरपालिकाकै कर्माचारी, नगर प्रहरी समेत चुक्क नबोल्नुले वडाअध्यक्षको पकड नगरपालिकामा निकै बलियो रहेको भन्ने बुझिएको छ। आफ्नो वडामा भैरहेको गुण्डागर्दीलाई समेत कानुन अनुरुप कानुनी दायरामा लेराउनु पर्नेमा प्रस्तुत भिडियोमा देखिए झैं वडा अध्यक्ष देखाउने र उनका सहयोगी गुण्डाहरु हातपात गर्ने देख्दा चाँगुनारायण नगरपालिकामा नेपालको कानुन भन्दा वडाअध्यक्षकै कानुन बलियो रहेको प्रष्ट हुन्छ।

स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउनु पर्ने प्रेस स्वतन्त्रा बिरुद्ध पत्रकारमाथि भएको हातपात, ज्यादती र दुब्र्यहार प्रती पिएनपिखबरडटकम र अनलाइन टिभी नेपालले विज्ञप्ति जारी गर्दै खेद प्रकट गरेका छन् । विज्ञप्तिमा जवाफ दिने ठाउँमा बसेका ब्यक्तिले नै स्वतन्त्र रुपमा समाचार संकलन गर्न पुगेका पत्रकार माथि बाधा पुर्याइ उल्टै ज्यान मार्ने धम्की दिनु लजास्पद भएको भन्दै कानुनी कारबाहीको माग समेत गरिएको छ ।