हेमन्त कान्छा रसाइलीले सारा प्रबासीलाई रुवाए धर धरी

काठमान्डौ- गीतकार ध्रुब प्रसाद अंम्गाई कोरोना माहामारीका कारण अलपत्र परेका स्वदेश तथा बिदेशमा रहने नेपाली दाजु भाई दिदी बहिनिहरुको पिडा लाई समेट्दै अत्यन्त मार्मिक, मन छुने अनी आँखा रसाउने गीत ‘तिमी लाई सन्देश ‘ बजारमा ल्याएका छ्न।

शुक्रबार हेमन्त कान्छा रसाइली नामक यूटुब च्यानल बाट रिलिज गरिएको उक्त गीतले दर्शक तथा श्रोताहरुको मन मुटुमा बस्ने आशा लिएको गीतकार अंम्गाई बताउछन। गीतकार अंम्गाई आफै पनि बिगत लामो समय देखी प्रबासमा बस्दै आएका छन।

गीतकार अंम्गाईको शब्द तथा चर्चित संगीतकार एबम समाजसेवी सुनिल मास्केको संगीत रहेको यस् गीतमा नेपालका चर्चित सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको स्वर रहेको उक्त गीत एउटा अत्यन्त फरक सामाजिक परिबेसलाई समेटिएको, प्रदेसी छोरा र श्रीमानको ब्यथामा आधारीत दशै तिहार र कोरोना माहामारी सङ जोडिएको कथामा आधारित रहेको जनाइएको छ ।

गीतको सम्योजन भने प्रदिप श्रेष्ठले गरेका हुन। गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ्ग गरेका हुन।

हेमन्त कान्छा रसाइली र रेनु पुनको अभिनय रहेको उक्त गीतको भिडियोलाई निर्देशक युवराज वाइबाले गरेका हुन भने निस्चल पौडेलले खिचेका हुन।