नायिका केकी अधिकारी फिचर्ड ”विश्वास” ले चर्चा कमाउदै (भिडियो सहित)

पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै ”विश्वास” बोलको एक समसामयिक गीतको म्युजिक भिडियो रिलिज गरिएको छ ।
डा. भोला रिजालको शब्द, नरहरी प्रेमीको संगीत रहेको गीतमा लामोसमय देखी अस्ट्रेलियालाई कर्मभुमि बनाउदै आएका गायक डा. रामकृष्ण निरौलाको शुमधुर आवाज गीतमा रहेको छ ।
पछिल्लो पुस्ताकी चर्चित नायिका तथा मोडल केकी अधिकारीलाई कथामा उतारिएको गीतमा भरपुर साथ दिएकाछन् आरसी थापा र सोनार श्रेष्ठले ।

अस्ट्रेलियाको विभिन्न रमणीयस्थलमा विदुर केसी र निजमा केसीले पर्दामा उतारेको गीतको भिडियोलाई मोडल आरसी थापा आफैले निर्देशन गरेका छन् भने गंगा निरौलाको लगानीमा तयार गरिएको छ ।

श्रीमान् श्रीमतीमा हुने सम्मान्य मनमुटाव अनि आखाले देखेका कतिकुरा गलत हुन्छन तरपनि समाजमा सम्बन्ध विच्छेद हुनेक्रम बढ्दो छ र यसलाई रोक्न सबैभन्दा पहिला एक अर्कामा बिश्वास हुनुपर्छ र नै सम्बन्ध बलियो हुन्छ भन्नेकुरा गीतका शब्दले महशुस गराउछ भने भिडियोलाई उत्तिकै कुसल्तापुर्वक तयार गरिएको छ ।बुमरेङ्ग ईण्टरनेशनल एजुकेसन सर्भिसकाे प्रायाेजन रहेकाे, जाे २००८ देखी लगातार अस्ट्रेलियामा उच्च शिक्षाकाे सेवा प्रदान गर्दै आइरहेको छ ।
डा. रामकृष्ण निरौलाकाेको यसअघि “काजिको घोडा” गीत अत्याधीक चर्चा बटुलेको थियो।