नारायण रायमाझी र रचना रिमालको स्वरमा बहुचर्चित गित ‘नमुछे आमा दहिमा टिका’ सार्वजनिक

काठमाण्डौं, एक समय थियो जतिबेला रेडियो नेपालबाट नमुछे आमा दहिमा टिका गित बज्न थाल्यो भने चाडवाड आउँन लागेछ क्यार भन्ने थाहा हुन्थ्यो । बीच बीचमा बज्ने “दाइ मेरो काँ गयो गुरो धौली फुल्यो ओइलायो” भन्ने टुक्काले परदेशिएका दाजु भाईको मन कटक्क खान्थ्यो । रेकर्डिङ भएदेखि नै नेपाली लोक संगितको शिर्ष स्थानमा रहिरहेको गित “नमुछे आमा दहिमा टिका” वरिष्ट गायक, संगीतकार नारायण रायमाझीले नयाँ प्रविधि र केहि फरक मेलोडी सहित पुन: सार्वजानिक गर्नु भएको छ ।

स्वर्गीय लक्षमण रायमाझीको शब्द र वरिष्ट संगीतकार नारायण रायमाझीले संगीत गरेको बहुचर्चित गित “नमुछे आमा दहिमा टिका” वर्षौ पहिले पहिलो पटक कृष्णभक्त राइले गाउनु भएको थियो । त्यहि गितलाई केहि आधुनिक शैलीमा गीतको सर्वाधिक अधिकार पाएको रिमा इन्टरटेनमेन्ट नेपालले बजारमा ल्याएको हो । अहिलेकी चर्चित गायिका रचना रिमाल र संगीतकार स्वयम रायमाझीले गाएको लाईभ भिडियोले नेपाली सांगीतिक बजारमा चर्चा बटुल्ने निश्चित प्राय छ ।

केहि हप्ता अघि मात्र सार्वजनिक भएको नारायण रायमाझीको अर्को गित उनको प्रिति यतिबेला ४० लाखको नजिक छ । कुनै बेला रेडियो नेपालमा एकक्षत्र राज जमाएका रायमाझीका गितहरु अहिले पनि उत्तिकै ताजगी छन । आउँने शुक्रबार “नमुछे आमा दहिमा टिका” को फाईनल भिडियो सार्वजनिक हुने पनि सुटिंग पक्षले नयाँबाटो लाई जनाएको छ ।

भिडियो यहाँ हेर्नुस: