६५ बर्षीया मनमायाको गत सोमबार गौरादह १ स्थित आफ्नै घरमा हात बाँधेर….

दमक। गत सोमबार झापाको गौरादहमा आफ्नै घरमा हत्या गरिएकी पार्वता भनिने मनमाया भण्डारीका श्रीमान भीम भण्डारीलाई बिहीबार प्रहरीले अनुसन्धानका लागि भन्दै इलाका प्रहरी कार्यालय दमकमा ल्याएको छ ।

सोधपुछकालागि भन्दै उनलाई प्रहरीले ल्याएको हो । उनिमाथी विभिन्न कोणबाट अनुसन्धान भइरहेकोले अनुसन्धानकै शिलशिलामा ल्याइएको झापाका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाद कोईरालाले जानकारी दिनुभयो ।

६५ बर्षीया मनमायाको गत सोमबार गौरादह १ स्थित आफ्नै घरमा हात बाँधेर ह,,”त्या गरिएको अबस्थामा सव भेटिएको थियो । यद्यपि हत्या कसले र के उदेश्यले गरेको हो भन्ने अहिले सम्म खुल्न सकेको छैन् ।