स्वर्गीय बुवाको सम्झनामा दिलुको ‘होनि बरै’ गीत सार्वजनिक l

लोक तथा दोहोरी गायिका दिलु सलामी मगर ले आफ्नो स्वर्गीय हुनुभएका बुवाको सम्झनामा लोक गीत होनि बरै सार्वजनिक गरेकी छन् l उसो त उनको आफ्नै वास्तविक कहानिमा आधारित यस गीतमा शब्द लय स्वर तथा परिकल्पना समेत स्वयंकै रहेको छ l बुवाको स्वर्गेबास भएका जोकोहिको पनि गीत हेरेर सुनेर आँखा नरसाउला भन्न सकिन्न l

दिवान किनारले संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ गरेको गीत एम बि रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो l भिडियो तर्फ भने सुरवीर पन्डित र रमा थपलियाले जिवन्त अभिनय गरेका छन् l मानसिङ खड्काले निर्देशन गरेको गीतमा सागर गौतम को छायांकन तथा राजकुमार मगरको सम्पादन रहेको छ l गीतको भिडियो दिलु सलामी मगर को युटुब मार्फत रिलिज गरिएको हो l