ब्यङग्य कविता : रेल कि झेल?

थन्किएकाे रेल त्याे जुन चल्थ्याे पहिले
रङ्गिइकन अाँउदा पून:अहिले

लाै अायाे भन्दै भए सबै दङ्ग
सेल्फि नि खिचे त्यही रेल सङ्ग!

बाेकेर यात्रु चल्न अाज छाेडि
थन्कियाे किन फेरि पाल अाेडि?

मान्छे छन् बरु खुला अाकाश मुनि
कटाउछन् रात बालेर धूनी!

रेलै पाे हाे कि बरु भाग्यमानी?
चढ्न पाएनन् ति पान खानी

छाेपिन्छ बस्तु कि त लाज छेक्न
कि त जाेगाउन चाेरबाट देख्न

देखाउन नहुने चिँजलाइ पाे छाेप्थे
लाज हुन्छ जस्लाइ उसले मुख ढाेक्थे!

खुल्ला छाै तिमी रेल छ मुख छाेपि
मुख ढाँक्नु पर्ने त तिम्ले पाे हाे कि?

यस्तै गरेर कति कुर्चि धान्नी?
रेलले कि तिम्ले हाे लाज मान्नि

कहाँ गए ति चुनाबका बाेलि
बिर्सियाै सबै ति अाजभाेली!

थाक्याे याे कलम बिथितीमा लेख्दा
उदेकै लाग्छ यि खबर देख्दा

दिनेले भन्छ सित्तैमा दिँए
लेनेले भन्छ किनेर लिँए!

छाेपेर पालले गरेउ किन त्यसाे?
रेल हाे कि झेल हाे पाइएन मेसाे!

नक्शा र रेल त्याे जब अाए दुबै
जय जयकार नि गरियाे खुबै

लगायाै लाेगाे छापि चुच्चे चित्र
अटेन त्यहि चित्र पाठ्यक्रम भित्र!

रेल पनि अायाे पाइएन चढ्न
नक्शा नि छाप्पियाे पाइएन पढ्न

त्याे चुच्चे नक्शा याे फुच्चे रेल
कस्ताे हाे नियत कस्ताे हाे खेल!!

-अर्जुनराज पन्त (व्यङग्य कवि नेपाली साहित्यकाे पहिलाे ब्यङग्यकाब्य’काेइली’का समेत लेखक हुन)