‘के हो मायाजाल’ मा चर्चित गायिका मिरा (भिडियो सहित)

काठमाडौं । चर्चित गायिका मिरा गिरीले भर्खरै नया कोसेली गीत ‘के हो मायाजाल’ बजारमा ल्याएकी छन् । उक्त गीतमा गायिका गिरी र अर्का गायक दिपसागर थापा मगरको आवाज रहेको छ भने गीतको भिडियोमा मोडल पिएन सापकोटाले धमाकेदार नृत्यको साथ ठुम्का लगाएर अभिनय गरेका छन् । उनको साथमा सरिता मगर र कल्पना गिरीको पनि अभिनय रहेको छ । बलकुमार मगरले एक्लै भिडियोको निर्देशन, छायांकन र सम्पादन गरेका हुन् भने सुनील कुमार मगरको कोरियोग्राफर रहेको छ ।

मारुनी स्टुडीयोमा रेकर्ड गरिएको गीतमा गायक थापाले नै शब्द रचना र संगीत भरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर गीत र भिडियो सार्वजनिक गरेको गायिका मिराले जानकारी दिइन् ।

उक्त गित भिडियो लाई गायिका गिरीको आफ्नै युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस भिडियो :