पोखरीमा विष हालेर गोरखामा किसानको ६ सय माछा मारे, आजका मुख्य समाचारहरु हेर्नुहोस

गोरखाको गण्डकी गाउँपालिका–५ दर्बुङका राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको माछापोखरीका माछा विष हालेर मारेको पाइएको छ । उनको दुईवटा पोखरीमा रहेका करिब ६ सय माछा पानीमा बिष मिसिएका कारण मरेको पशु प्राविधिकले बताएका छन् ।

पोष्टमार्टम गर्दा माछाको ‘लिभर ड्यामेज’ देखिएको उनीहरुको निष्कर्ष छ । तर पोखरीमा कहाँबाट कसले बिष हालिदियो भन्ने अझै खुलेको छैन ।

तत्कालै स्थानीयले मिलेर पोखरीबाट माछा झिक्दासम्म ३ सय ४० वटा माछा मरिसकेको थियो । मरेको सबै माछा प्राविधिकको सल्लाह अनुसार खाल्डो खनेर पुरेको उनले जानकारी दिए ।
बुढीगण्डकी पशुपंक्षी तथा कृषि फर्म दर्ता गरेर विगत तीन बर्षदेखि व्यवसायिक रुपमा व्यवसायिक कृषिमा लागेका श्रेष्ठले गत जेठ १२ गते चितवनबाट माउर माछाको ६ सय भुरा ल्याएर उनले पोखरीमा हालेका थिए ।