दुनिया लट्ठ पार्ने जादुमय स्वर भएका भाइ यस्तो अवस्थामा भेटिए, सबैलाई धुरुक्कै रुवाउने प्रतिभा, घरको ज्यामी काम गर्दागर्दै

काठमाडौ । काठमाडौ नाम अनौठो सुन्दा अजिब र नेपालको राजधानी र नेपालीको सपनाको शहर भनेर चिनिने मन्दिरै मन्दिर भएको एउटा सुन्दर र जनसंख्याले भरिपूर्ण उपत्यका हो । जहा हरेक दिन कसैका सपना पूरा हुन्छन भने कसैका सपनाले पूरा हुने इच्छा साच्दै जुनी काटछन । हो त्यही शहरमा जिन्दगीको हरेक पाटाले संघर्ष गरिरहेका एकजना भाईको आज हामी कुरा गर्दैछौ । काठमाडौ के बन्न भनेर आए तर के भयो ? उनी आफै अझैपनि सोचमग्न छन । धनकुटा घर भएका तामाङ भाई अहिले काठमाडौमा ज्यामी काम गरेर दैनिक गुजारा चलाईरहेका छन ।

पेन्टिङ देखि घर बनाउने काम सबै जानेका उनी काठमाडौ यस्तो काम गरुला भनेर चाही आएका थिएनन रे, उनको काठमाडौ आउने सपना चाहि संगीत सिकेर ठुलो गायक बन्ने रहेछ तर के गर्नु नेपाली सामान्य परिबारमा जन्मिएका उनी यो कुरा साचो बनाउन पनि ठूलै लगानी र काठमाडौमा एक छाक टार्न धेरै मेहनेत गर्नुपर्ने रहेछ भन्ने कुराबाट अज्ञाननै थिए । न त उनले सोचे जस्तो केही भयो न त सोचेझै केही पाएका छन । तर संघर्षको यात्रा र आफनो गायनप्रतिको रुची भने उतिकै छ यिनमा, काम गरिरहदा पनि यसरी गुनगुनाउने गर्छन र भन्छन हामीजस्ता गरिब र यस्ता फोहोरा कपडा लगाएर गित गाउनेलाई कस्लेनै हेदोरहेछ र ?