कुन सपनाको फल के हुन्छ ? यस्ता संकेत देखे तपाईंले जिबनमा यस्तो हुनेछ, हेर्नुस सबै सपनाको फलहरु, के देखे राम्रो ? के देखे नराम्रो

काठमाडौँ | भनिन्छ, सपनाले भावी दिनको संकेत गर्छ । धर्मशास्त्रहरुमा विश्वास गर्ने हो भने, कतिपय सपना त्यस्तो समयमा देखिन्छ, जुनबेला हाम्रो आत्मा र मस्तिष्क भगवानको समिपमा पुगेको हुन्छ । यस्तो बेला देखिने सपनाहरु जस्ताकोतस्तै मिल्छन् । वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् । वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा व्याख्या गर्छन् । सपना त हामी सबैले देख्ने गरेकै छौ, तर तपाईलाई थाहा छ हामीले देखेको सपना अनुसार त्यसको अलग अलग फल पाईन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ।

हाम्रा परम्परागत मान्यता अनुसार हामीले देखेका केही सपनाले राम्रो फल दिन्छन भने केही सपनाले नराम्रो फल पनि दिन्छन्। तपाईले देख्नु भएको सपनाले कस्तो फल दिन्छन् | ज्योतिषीय शास्त्रमा कुनै पनि व्यक्तिले देखेको सपनाले पूर्वसूचना शुभ अशुभ अनि मिश्रित फल दिने बताइएको छ । अग्निपुराणमा केहि सत्य तथ्य लेखेको पाइन्छ । ज्योतिष शास्त्रमा यदि जातकको जन्मकुण्डलीमा नराम्रा ग्रहहरूको असर छ भने नराम्रा नराम्रा सपना देख्दछन् अनि फल पनि नराम्रो नै भोग्दछन् ।हेर्नुस के भन्छन बरिष्ठ ज्योतिष सोम प्रसाद नेपाल सबै सपनाको फलबारे |