अति नै मार्मिक गीत गायक बद्री पंगेनीको स्वरमा ”बाटो हेरी नरौ आमा” सार्वजनिक – भिडियो

काठमाडौं ७ असोज ।

बिदेशिएका युवावर्गको पिडालाई गहकिलो ढंगले प्रस्तुत गरिएको गीतको भिडियो दिपिका म्युजिकको अफिशियल च्यानलबाट सार्वजनिक भएको छ । कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका कामदारको मर्मस्पर्शी अति नै मार्मिक यस गीतका गायक बद्री पंगेनी हुन् । साच्चै नै आमा र सन्तान बीचको गहिरो र आत्मिय सम्बन्ध र आफ्नो गाउँ, घरको सम्झनाले न्यास्रो लाग्ने तथ्यलाई भावुक एवं सांगीतिक रुपमा प्रस्तुत गरिएको भिडियो गत हप्तामात्र सार्वजनिक भएको ‘मेरो नशा नशामा तिमि…’ बोलको भिडियोबाट चर्चा बटुलिरहेका युवा निर्देशक क्रान्ति के.सी.ले निर्देशन, सम्पादन गर्नुभएको हो । यसमा निराजन के.सी.को सहनिर्देशन रहेको छ ।

चाडपर्व नजिकिदै गर्दा घरबाट टाढा रहेका र घर फर्कन असमर्थ नेपालीहरुको आँखा रसाउँने छन् ‘बाटो हेरी नरौ है आमा…’ बोलको भिडियो हेर्दा । पछिल्लो समय उत्कृष्ट श्रृर्जना पस्कदै चर्चामा रहेका दिपक कँडेलको शब्द, गणेश अधिकारीको संगीत, अजय रेग्मीको छायांकन रहेको भिडियोमा बद्री पंगेनीलाई अभिनयमा सुलोचना भडेल, मनिषा लोकन्द्री आदिले साथ दिएका छन् ।