१० महिनाको दुधे नानी र अपाङ्ग श्रीमानलाई छोडेर श्रीमती अर्कैसंग फरार, बच्चालाई दुध किन्नेसमेत पैसा छैन सारा सम्पति लिएर रातारात भागिन, दर्दनाक पिडा

काठमाडौ । केही समय अघिबाट अहिले मिडियामा एकदमै छयापछयाप्ती भएका बिषय छन श्रीमानले श्रीमती छोडेका र श्रीमतीले श्रीमान छोडेर अर्कैस“ग फरार भएका तैपनि एकलै हैन सारा सम्पतीसम्म लिएर फरार भएका छन कोईकोई त । यस्ता घटनामा अचम्म तब लाग्छ जब जुनी जुनी साथ दिन्छु भनेर राजी खुशी भएर बसेकाहरुनै श्रीमान श्रीमतीलाई धोका दिएर अर्कै लिएर फरार हुन्छन । यो कलियुगमा यस्तै घटनाले यो तामाङ परिबारलाई पनि छोडेन । सानो परिबार सुखी परिबार भएर बसको यो परिबारमा अचानक बज्रपात परयो ।

उमेश तामाङ नामका यि युवाको श्रीमती अहिले फरार छिन, बिहे गरेको २ बर्ष पछि १० महिने नानी छाडेर सारा सम्पती लिएर कहा गईन भन्ने अतोपतो छैन । सम्पतीको नाममा भएको अपांग भता र गिलाश भाडाकुडा जस्ता सबै सामान लिएर अहिले कुलेलाम ठोकेकी छिन । बिहे गर्ने बेला अपांग श्रीमान छ भन्दाभन्दै थाहा पाउदा पनि बिहे गरेकी यिनी अहिले कहा गईन कोस“ग किन गईन ? भन्ने कुरा थाहा नपाउदा श्रीमान भक्कानिन्छन भने नानीले मम्मी बुबु भन्दा झन आशु झर्छ आखाबाट, हेर्नुस |