संसारकै ठूलो भ्रष्टाचारीमा डोनाल्ड ट्रंपको नाम

संसारकै ठूलो कर छल्ने सुदखोर ब्यापारी तथा भ्रष्टाचारी धनाढ्य (टाईकुन Tycoon) मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम सार्बजनिक भएको छ। आजको न्योर्क टाईम्सका अनुसार बिगत १९९० को दशक अघि देखि अहिले सम्म नै डोनाल्ड ट्रंपले अमेरिकी फेडरल सरकारलाई विभिन्न बहानामा कर (Tax) छल्दै आएका छन्।

उनको ट्याक्स अडिटको रेकर्ड अनुसार उनले दुई दशक भन्दा बढी समय देखि लगातार ट्याक्स छल्दै आएका हुन्। उनले आफू राष्ट्रपति भएको साल जम्मा $७५० अमेरिकी डलर कर (ट्याक्स) तिरेका थिए भने राष्ट्रपति भएपछि पनि जम्मा सात सय पचास डलर मात्रै तिरेका छन्।

ट्रम्पले विभिन्न बहानामा आफ्नो अरबौं डलरको ब्यबसायहरुबाट चलाखी पूर्ण तरीकाले आम्दानीहरुलाई लुकाई आम्दानी भन्दा खर्चहरुलाई धेरै गुणा बढी देखाउंदै कर छल्दै आएको कुरा आजको ठूलाठूला मिडियाहरुका हेडलाईनहरुमा छापिएको छ। आजका विभिन्न मिडियाका श्रोतहरुले जनाए अनुसार डोनाल्ड ट्रम्पले आफ्नो कपाल काट्दा मात्रै हरेक पटकको जुल्फी स्टाईलमा १७ हजार अमेरिकी डलरका दरले खर्च देखाउने गरेको खुलाईएको छ। उक्त कुरा ट्रम्पको आम्दानी र खर्चको अडिट (Audit) बिल भर्पाईबाट आधार मान्दै बताएको हो। ट्रम्पले भने न्यूयोर्क टाईम्सको समाचारलाई “फेक न्यूज” को संज्ञा दिएका छन्।

त्यस्तै बिबिसी मिडियाका अनुसार श्रोतका अनुसार विश्वकै दोश्रो ठूलो जनसंख्या भएको भारतमा अहिले झन् डरलाग्दो रुपले कोरोना सल्किरहेको बताईएको छ। पछिल्लो आँकडा अनुसार भारतमा अहिलेसम्म ६० लाखलाई कोरोना लागिसकेको बताईको छ।

त्यस्तै आजबाट बेलायतमा कोरोना लागेको पुष्टी भएको मानिसले क्वारेण्टाईनमा नबसी बाहिर हिंडे आजै देखि लागू हुने गरी एक हजार पाउण्ड जरिबाना हुने कोभिड मार्शल जारी गरिएको छ। यसै गरी नियम-६ अर्थात् “रुल अफ सिक्स” नमानी फरक परिबारका ६ जना भन्दा बढी मानिस एउटै घरमा या एकैठाउँमा जम्मा भएको पाउँदा बेलायती पुलिसले दुई सय पाउण्ड (£२००) देखि तीन हजार दुई सय (£३२००) पाउण्ड सम्म जरिवाना गर्न थालेको छ।

रुद्र ढकाल हलोवाला, लिभरपुल।

समाचार श्रोतको लिंक: