उपत्यका कै मेयरले भने कोरोना नियन्त्रण हुन सिंहदरबारका दुईचार जनाको मृत्यु हुनुपर्छ, हेर्नुहोस असोज १२ गतेका मुख्य समाचारहरु

काेराेना संक्रमण नियन्त्रण बाहिर जानुमा सिंहदरबारका मनिस दाेषी रहेकाे आराेप उपत्यका नगरपालिका मेयर फोरमका सचिव तथा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले लगाएका छन्। श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणले दुई/चार जनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण गर्न नसकिने टिप्पणी गरे।

रफत सञ्चार क्लबमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले यस्ताे आराेप लगाएका हुन्। देशभरको संक्रमितको संख्याको आधा संख्या उपत्यकामा देखिनुमा सिंहदरबार नै दोषी भएको उनकाे टिप्पणी थियाे। ‘कोरोना नियन्त्रणमा सरकारको लापरवाही देखियाे’, उनले भने, ‘सिंहदरबारमा दुई चार जनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण गर्न सकिने अवस्था छैन।’

यो संगै आजका अन्य मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस :