घटना भएको २४ घण्टा नवित्दै तनहु प्रहरीले समात्यो भिडीयो सहीत

शुक्लागण्डकी(७,कुम्लेखोला बस्ने ६० बर्षिया तेजकुमारी ढकालकोे हत्या एव लुटपाट अभियोगमा शुक्रबार प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सामान्य किराना पसल संचालन गर्दै आएकी ढकालको ह,,त्यामा संलग्न भएको अभियोगमा प्रहरीले गोरखा भिमसेन थापा गाउँपालिका(१ का ४६ बर्षिय शिव गौतमलाई नियन्त्रणमा लिएको हो ।शिव घट्नास्थल नजिकै रहेको भैसी फार्ममा काम गर्थे ।उनले विहिबारबाट फार्मको जागिर पनि छाडेको स्थानियले बताएका छन् ।

घट्ना घटाई फरार रहेका गौतमलाई प्रहरीले दिउँसो ३ बजे नियन्त्रणमा लिन सफल भएको हो ।तनहुँको व्यास नगरपालिका(२,शहीदगेटमा हुलिया परिवर्तन गरी हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता युवराज तिम्सिनाले जानकारी दिए ।