म भित्रको मानवता

महेश भट्टराई,
आज दशौ दिन : ज्वरो बिसाएको वा नियन्त्रणमा आएको छैन ! हिज अस्पताल गए ! फोक्सो ठिकै छ ! Lab, X-ray गर्न नपर्ने बताए ! ज्वरो बसेन नि किन होला डा. भनेको “ मैले यसको उत्तर जानेको भए म बिलिनिएर हुन्थे !” भन्यो ! सिटामोलले राम्रो काम गरिरहेको छैन ! तर मन बलियो छ, हारेको छैन !

आज सबैको तर्फबाट गुनासो साट्न मन लाग्यो !

शुरू कथाबाट गर्छु : एक ८०-८५ कि एक बृद्द महिला ब्यस्त लोकल सडकको छेऊमा बसिरहेकी धेरै समय भै सकेको थियो ! हजारै गाडिहरू उनलाई बेबास्ता गरि गुडिरहेका थिए ! संसारको कुनै पनि देशको शिक्षा र कानुनमा कसैले रोगी,बालक, बृद्द लाई सहयोग गर्नै पर्छ लेखेको हुदैन ! न त उनले सहयोग नै मागिरहेकी थिइन !

एक महिलाले नजिकै गै गाडि रोकिन र सोधिन, “ कसलाई कुर्नु भएको ?” बृद्द महिलाले उत्तर दिईन, “डाक्टर छोरालाई संचो नभएर अस्पताल जान कुरेकि, मेरो फोनको ब्याटी पनि सकियो !” छोरा छोरी दुबै डाक्टर रहेछन !

उनले जाने भए म पुर्याई दिन्छु भन्दै आफ्नो कारमा राखिन र अस्पताल लगिन ! बृद्द heart attack भै बाटोमै अचेत भइन ! अस्पतालमा आफ्नो सम्पर्क फोन र आईडी दिएर भर्ना गरेर घर फर्किन !

करिब एक महिना पछि एक ल फर्मबाट पत्र आयो ! कुनै बृद्दले महिलाले आफ्नो नाममा करोडौ डलर पर्ने संपत्ति उनको नाममा छोडेर गएकी रहिछन ! यदि उनि बिलिनिर्यसको बृद्द हुन भनेर जानेको भए कति कार उनका लागि रोकिन्थे होला ?

USA मा मेरो आफन्त र नजिकै का करिब १५-२० डाक्टर होलान ! संघसंस्था संग आबद्द जोड्ने हो भने करिब ४०-५० नै पुग्लान ! डाक्टरलाई हामी भगवानको रूप मान्छ्यौ र हुन पनि ! Facebook family friends ले get well soon, prying for speed recovery लेखेको देखेको छु ! Message र phone call आई रहन्छ !

तर एउटा डाक्टर जो कोभिड रोग संग राम्ररी परिचित छ । critical conditions थाहा छ, अस्पताल जाने भनेको ventilator मा बस्न जाने अबस्था भनेको राम्ररी बुझेका छन ! बिरामीको पिडा र मृत्युको सफर देखेको छ ! जसले रोग, Law and System राम्ररी बुझेको छ !

हामी बिरामीले भगवान मानेका डा. हरूले how can I help you ! anything I can do for you … जस्ता सामान्य comments, message, phone गर्न नभ्याउने कस्तो ब्यस्त रहेछ डा. को जिवन ! मानसिक मलम लगाउनु पर्ने डा. गुप्तबास किन ?

आमाको नरम स्पर्श र बोलिले आधा रोग निको भए जस्तै डाक्टरहरूको ब्यबहार हुनु पर्ने होइन र ? आफ्नै मुलका डाक्टरको एक नरम बोलि र सल्लाहले मात्र पनि बिरामीलाई मानसिक मलमले पट्टि लगाउने गर्दछ !

संसारमा कसै संग पनि आशा नगर्नु भन्छन ! आश र गुनासो गर्नु आफ्नै कमजोडी हो थाहा छ ! म त समाजको आखां खोल्दैछु !

सोच्छु मैले पनि त कुनै डाक्टर संग सहयोग, सल्लाह पनि मागिन नि ? बेबास्ता वा असहयोग गर्ने अधिकार डा. लाई छ त ! बिरामीले केहि सल्लाह सुझाब दिएकै भरमा सु गरेर जेल पुर्याउछन भन्ने डर पनि होला कि ?

सहयोग माग्नु र दिनु फरक कुरा हो ! बृद्द आमाले पनि बाटो बसेर कसैको सहयोग मागेकि थिइनन क्यारे … ! शायद संसार भरको मानिसहरूले कानमा पुगेको मेरो पिडा र चित्कार ब्यस्त बिज्ञ डाक्टरहरूको कान सम्म नपुगेको पनि हुन सक्छ !

आफु संग भएको सिप, ज्ञान र अनुभब सधै पैसामा मात्र बेच्नु कति मानविय होला ? कानुनमा मात्र तौलनु कति ब्यबहारिक होला ?
यो गुनासो, दुखेशो र अनुभव मेरै मात्र नभै जनसमुदायको हो भन्नेमा ढुक्क छु !

मानवता र सहयोगको भावना रगत मै हुनु पर्दो रहेछ ! No phone calls please ?
क्रमश : ६ September 25,2020