रबिना र अकेशा मेरो बाबा भन्दै

दशैंको छेको पारेर गीत आउने क्रम बाक्लएिको छ । यस्तैमा बाल गायीका रबिना बसेल बालापनको रसलिो स्वरमा मेरो बाबा भन्दै दशैं गति लीएर आएकी छिन् । चर्चीत गीतकार अम्बीका गुरुङको शब्दमा आएको मेरो बाबा.. गीतलाई राजन कार्कीले एरेञ्ज तथा संगीत गरेका छन् । गीतको प्राबिधिक कार्य भने धुन कला केन्द्र बाट रेकर्डिङ भएको छ भने गोबिन्द सोनीले मिक्सीङ गरेका छन् ।


मिठो दशैं धुन संवेदनसील भाकामा निर्माण गरीएको यस गीतको आकर्षक भीडीयो पनि तयार गरीएको छ । गीतमा टीकटकमा चर्चीत रहेकी एवं म्यूजीक भिडीयोमा जम्दै गरेकी बाल कलाकार अकेशा पोखरेलले प्रमुख अभिनय गरेकी छिन् । त्यसै गरी कलाकार रोबिन पोखरेल एवं ऋचा थापाले यस भिडीयोमा अभिनय गरेका छन् । भिडीयो निर्देशन भने मञ्जु बञ्जाडेले गरेकी छिन् । गीतलाई भवसागर इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको छ ।