धेरैपछि चर्चित गायक पुस्कल शार्मा र बिष्णु माझीले आवाज दिएको नया गीत चर्चामा

नेपाली लोक सांगितिक क्षेत्रमा सबै भन्दा धेरै प्रशंसक भएका पुरुष कलाकारको नाम लिनु पर्दा पुस्कल शर्माको नाम सबै भन्दा पहिला आउँछ । थोरै तर उत्कृष्ट सिर्जना लिएर आउने शर्माको आवाज रहेको नया गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

विशेष गरि सेन्टिमेन्टल गित संगितबाट दर्शक स्रोताको मन जित्न सफल गायक तथा मोडल शर्माले “एकै दिन” बोलको गीत शुक्रवार साँझ सार्वजनिक भयको छ। गीतमा पितराम बिष्टको शब्द रहेको छ । उक्त गीतमा संगित , पुरुष आवज , र भिडियो निर्देशन गायक स्वयं पुश्कल शर्माकै रहेको छ भने महिला आवाज चर्चित गायिका बिष्णु माझीको रहेको छ।

गीतको म्युजिक भिडियोमा मुख्य भुमिकामा पुश्कल शर्मा र सारिका के.सी रहेका छन् । दिपक बिष्टको सम्पादनमा तयार भएको भिडियोलाइ पुश्कल शर्माको आफनै युटुब च्यानल बाट सार्वजनिक गरियको छ। शर्माका हरेक प्रस्तुतिले दर्शक स्रोताको मन जित्न सफल उनको यो प्रस्तुति पनि सुन्न र हेर्न दर्शक- स्रोताले निकै उत्सुकता पूर्वक प्रतीक्षा गरेका थिए। हेरौं भिडियो