‘ओई कान्छी’ लिएर आईन गायिका सुजाता केसी(भिडियो सहित)

काठमाडौं – पछिल्लो समय एक पछि अर्को चर्चित गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किएर चर्चाको शिखरमा पुग्न सफल गायिका सुजाता केसी र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गित ‘ओई कान्छी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ।

दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई गायिका सुजाता केसी र गायक प्रमोद खरेलले आवाज दिएका छन्। छायाँकार अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाइ कजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् भने सार्बजनिक म्युजिक भिडियोमा लोकप्रिय नायक पल शाह र नायिका पुजा शर्मालाइ फिचर्ड गरिएको छ। भिडियोलाई शुशिल शर्माले निर्माण गरेका हुन्। भिडियो हेर्नुहोस :